उपसभामुख हटाउने निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोगः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएका छन् ।

लिङ्देन सामाजिक सञ्जालमा लखेका छन्,‘संवैधानिक परिषद्‍मा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो, ।’