नेपाली कांग्रेस संस्थापन इत्तर समूहका सांसदहरुले प्रयोजन नखुलेको भन्दै खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कांग्रेस–एमालेले आ–आफ्ना सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरेका थिए । तर, कांग्रेस नेता डा.शेखर कोइराला समूहले प्रयोजन नखुलेको भन्दै खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेको बताइएको छ ।
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूहरुले हस्ताक्षर नगरेको बताए । ‘हस्ताक्षरबारे हामीलाई केही पनि थाहा छैन, हामीले हस्ताक्षर गरेका पनि छैनौं,’– पत्रकारसँगको कुराकानीमा उनले भने ।




