नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राजनीतिक आवश्यकताका कारण उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकुलको आचारण नगरेको सम्बन्धी प्रस्ताव ल्याउनुपरेको बताएका छन् ।
उनले कुनै पनि विषयको उपचार सही समयमा गर्नुपर्ने तर्क गर्दै अहिले उपसभामुखलाई हटाउनु आवश्यकता बनेको टिप्पणी गरे।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सांसद थापाले भने, ‘कुनै पनि कुराको आवश्यकता जुन बेला पर्छ, त्यही बेला हुन्छ । अहिले आवश्यकता पर्यो, त्यसैले यो कदम चालिएको हो।’





