नेकपा (माओवादी केन्द्र)ले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको हो ।
माओवादीले भन्यो, ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।’




