प्रतिनिधि सभा अन्तर्गत आज दुई समितिको बैठक बस्दैछ ।
आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागिएको हो । अर्थ समितिको बैठक दिउँसो ३ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिनको १ बजे बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोश्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ।





