पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन उनी सोमबार विराटनगर पुगेकी हुन् ।
उनले स्वागपछि विराटनगर विमानस्थलमा आफू नेकपा(एमाले) को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताइन् ।
भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने दाबीसमेत गरिन् ।
आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गदै आफू एमाले नै भएको बताइन् । उनले एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएकोले अहिले पनि त्यसकै कार्यकर्ता रहेको दाबी गरिन्।
राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उनले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गरिन् । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्किन सक्ने उनको भनाइ थियो ।
‘राजतन्त्र र गणतन्त्र फरक हो । यो आवधिक हुन्छ। जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सकिन्छु, उनले भनिन् ।





