उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रास्वपा खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताएका हुन् ।
‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ । कमिला हिँड्न थाल्छन्’, उनले भने, ‘रास्वपा पनि अब हराउँदै जानेछ । विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन ।’
उनले राजावादीतिर लक्षित गर्दै प्रतिगामी तत्वहरू किनारा लागिसकेका बताए । नेपालमा उनीहरूको भविष्य नरहेको पनि पौडेलले बताए ।
‘प्रतिगामी एजेन्डा बोक्ने अब कहिल्यै उठ्नेवाला छैनन् । बेकारमा समय खेर फालिरहेका छन्’, उनले भने ।




