रास्वपाको २ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ ।

प्रशिक्षणको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उद्घाटन गरेका छन् ।प्रशिक्षणमा प्रदेशका पूर्वीरुकुम बाहेक ११ जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति, प्रदेश समिति र प्रदेश विभागका पदाधिकारी र सदस्य गरी तीन सय जनाभन्दा बढीको सहभागिता रहेको छ ।

पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने यो प्रशिक्षणलाई रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनसँग समेत जोडेर हेरिएको छ ।

प्रशिक्षणमा अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपीनकुमार आचार्य, प्रवक्ता मनिष झा, पूर्वमन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोसिमा कार्की, क्रान्तिशिखा धिताल लगायतले पार्टी सबलीकरण, रुपन्देही–३ को उप निर्वाचन लगायत विषयमा प्रशिक्षण दिनेछन् ।