नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
श्रेष्ठ बिहीबार रास्वपा प्रवेश गरेका हुन् । यसैबीच नेपाली सेनाका पूर्वकर्नेल प्रद्युम्न पौडेल पनि रास्वपा प्रवेश गरेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पूर्व डिआइजी दुर्गा भट्टराई पार्टी प्रवेश गरेको रास्वपाले जनाएको छ ।
यस्तै अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्वगभर्नर तथा रेयुकाई नेपालका पूर्व अध्यक्ष शोभा जोशी पनि रास्वपा प्रवेश गरेकी छन्।




