गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णणार्थ प्रस्तुत गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
माओवादीकी सांसद ज्ञानु बस्नेतले विधेयक निर्माणार्थ प्रस्तुत गर्दा गणपूरक संख्या पर्याप्त नभएको भन्दै गणना गर्न माग गरेकी थिइन् । सदनमा ६९ हुनुपर्नेमा ६६ मात्रै भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे ।
अर्को बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।




