रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् ।

उनले हिजाे प्रतिनिधिसभामा घोषणा गरेअनुसार आज सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।निजामती विधेयकको कुलिङ पिरियड गडबडीबारे संसदीय विशेष छानबिन समितिको प्रतिवेदन आएको एक सातापछि खतिवडाले हिजाे प्रतिधिसभामा राजीनामा घोषणा गरेका थिए ।