प्रधानमन्त्री ओली प्रतिनिधिसभामा सम्बोधन गर्दै (प्रत्यक्ष प्रसारण)

प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणबारे जानकारी गराउनु हुनेछ । संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको बैठकको कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।