रामहरि खतिवडाले दिए राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा

प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजीनामा दिनुभएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

निजामति विधेयकमा कुलिङ अफ पिरियडको बिषयमा भएको त्रुटी र त्यस सम्बन्धमा छानवीन समितिले जिम्मेवार व्यक्तिसमेतको कमजोरी भनी उल्लेख गरेकोले आफुले राजीनामा दिएको खतिवडाको भनाइ थियो ।।