भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको दफाबार छलफलमा पत्रकारलाई निषेध गरिएको छ । यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफाबार छलफलमा छ । बैठक सुरु भएलगत्तै मर्यादा पालकले पत्रकारलाई प्रवेश छैन भनेर बाहिर बस्न आग्रह गरेका थिए ।यो विधेयकमा ५५ वटा संशोधन परेका छन् ।





