नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनिया बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार बाँनियालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
बाँनियाले सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थन सहित मुख्यमन्त्री बन्नका लागी दाबी प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको थियो । मुख्यमन्त्री बाँनियाको सपथ आजै साँझ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।





