बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गइनुभएको छ ।

उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)को समर्थनसहित संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको हो । मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। बागमती प्रदेशमा नेपाली काँग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद रहेका छन् ।

दाबी पत्रमा काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाले संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख कार्यालयले मङ्गलवार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।