रास्वपा मधेश प्रदेशको पूर्ण बैठक बर्दिबासमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशको पूर्ण बैठक आज महोत्तरीको बर्दिबासमा बसिरहेको छ। यस बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, वारा र सप्तरी जिल्ला समिति वारे आएको गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ।

मधेस प्रदेश सभापति ईन्जिनियर तपेश्वर यादवको सभापतित्व बस्दै गरेको यस मधेस प्रदेश बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल, मधेश प्रदेश ईन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रा.डा.चन्दा कार्की, केन्द्रीय सदस्य डा.नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरीलगायतको उपस्थिति रहेको छ।