राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि नै विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेका हुन् ।
आचार्यले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे।
निर्वाचनका लागि अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको प्राविधिक र कानुनी प्रक्रियाका लागि पर्याप्त समय रहेको उनले बताए।




