माओवादी स्थायी समिति बैठक आज पनि  

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् ।