राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबीच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ ।
यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद हुने बताइएको छ ।
अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ गर्दैछ।





