नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजबाट सुरू हुँदैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरू हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । बैठकका एजेण्डा यसअघि बुधबार बसेको पदाधिकारी बैठकले गरेको थियो ।
पदाधिकारी बैठकको निर्णयअनुसार स्थायी समितिमा रोकिएको अभियानलाई निरन्तरता र केन्द्रीय समितिको मिति तय गर्ने गर्नेबारे छलफल हुने छ । यसैगरी, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल हुने, सङ्गठन निर्माण विकास र आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुने बताइएको छ ।





