मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक (निर्णयसहित)

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । 

सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडककाे आपतकालीन पुन: स्थापनाकाे लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरकाे अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो।

राज्यकाेषबाट लगानी भएका प्रतिष्ठान, बाेर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितकाे प्रतिवेदन पेश गर्न रामु प्रसाद डाेटेल, पर्वतकाे संयाेजकत्वमा, रमेश प्रसाद शिवाकाेटी, दाेलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएकाे छ । 

19a
19b