मधेश प्रदेशका पूर्व प्रमुख अहिराज कारागार चलान

मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी कसुरमा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश पिताम्बर शर्माको इजलासमा उनको थुनछेक बहस भएको थियो ।

अहिराजविरुद्ध एक युवतीले जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिईन् । उनी १० दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए । अहिराजले आफूलाई धाकधम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरवाला युवतीको आरोप रहेको छ ।