प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन ओली साउन १८ गते तुर्कमेनिस्तान जान लागेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।