प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकपछि अब साउन १९ गते दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् ।
यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । सभामुखले सदन चलाइरहे पनि रास्वपा र राप्रपाले भने भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै निरन्तर विरोध र बहिस्कार गर्दै आइरहेका छन् ।





