प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना ६ दिने औपचारिक भ्रमणका लागि आज चीनको हेनान प्रान्ततर्फ प्रस्थान गर्दै छिन ।
उपसभामुख राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलुका ११ः३० बजे चीन प्रस्थान गर्न लागेकी हुन । राना चीनको हेनान प्रान्तमा यही श्रावण ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाई सहयोग मञ्च मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा उनले ‘विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गर्नेछिन । राना श्रावण ११ गते स्वदेश फर्कने कार्यक्रम छ । रानासँग सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपाने पनि चीन जाँदै छन् ।





