निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार

घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गरेर अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । अख्तियारले उनको अडियोको नमुना परीक्षण गर्ने योजना बनाएको छ ।

स्रोतका अनुसार, मंगलबार मात्रै उनको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण हुनेछ । गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवावारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो ।