आज तीन वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

आज महिला तथा सामाजिक मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।