पूर्वराष्ट्रपति भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’

कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।