नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्काल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई बर्खास्त गरिनुपर्ने माग गरेका छन् ।
पार्टीको पेशागत तथा बुद्धिजीवि विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मन्त्री गुप्ताले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिनुपर्नेमा नदिएकोले प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन । भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको छ ।





