संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
घुस प्रकरणमा विवादमा परेका मन्त्री गुप्ताप्रधानमन्त्रीले बोलाएपछि सोमबार बिहान बालुवाटार गएका थिए ।प्रधानमन्त्री ओलीसँग छलफल गरेर उनी बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट फर्केपछि मन्त्रीले दुईवटै मोबाइल अफ गरेका छन् । गुप्ताले प्रयोग गर्ने दुवै मोबाइल अफ छन् ।
घुस प्रकरणको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले ‘एक्सन’ लिने तयारी गरेका छन् । मन्त्री गुप्ता सोमबार मन्त्रालय गएका छैनन् ।
मन्त्रालयका एक अधिकारीले साढे १२ बजेसम्म मन्त्री मन्त्रालयमा नआएको बताए । गुप्ता कास्की मालपोत कार्यालयका प्रमुख र भूमि आयोगका अध्यक्ष नियुक्तिका लागि चलखेल गरेर घुस लिएकोसम्बन्धी अडियो बाहिर आएपछि विवादमा तानिएका छन् ।





