प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । स्पेनको औपचारिक भ्रमणमा सकेर शुक्रबार प्रधानमन्त्री ओली काठमाडौँ आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसहित विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली असार १४ गते ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन स्पेन प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गरेका थिए भने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गरेका थिए । 

भ्रमणका क्रममा नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गरेका थिए भने प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गरेका थिए । यस भ्रमणमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य,  प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।