प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रियल म्याड्रिडको रङ्गशाला भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको  भ्रमण गर्नुभएको छ। 

बिहीबार प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको थियो।