एामलेले लगातार संसद अवरुद्ध पारेपछि एमाले नेतासँग छलफलमा जुटे सभामुख

Agni sapkota

काठमाडौँ । लगातारको प्रतिनिधिसभा बैठकमा एमालेले नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले नेतासँग छलफल सुरु गरेका छन् ।

केहीदिनदेखिको अवरुद्ध संसद बैठकलाई सुचारु गराउन भन्दै सभामुख अग्निप्रसाद सापकोटाले एमाले नेतासँग छलफल सुरु गरे लगत्तै पहिलो छलफल एमाले प्रमुख सचेतक विशाल भट्टराईसहितका नेतासँग सुरु भएको छ ।

संसद बैठक स्थगित भएपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका हुन् । उक्त छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी भएको स्रोतले जनाएको छ ।

प्रतिपक्षी दल एमालेले यसअघि बुधबार र शुक्रबारको बैठकमासमेत अवरोध गरेको थियो । सभामुख सापकोटाले दुवै बैठकमा अवरोधकै बीच कार्यसूची अगाडि बढाएका थिए ।

समन्धित समाचार