नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा जनता परिचालन गर्ने बताएका छन् ।
बाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै तयारी रहन निर्देशन दिएका हुन् । ‘निर्देशन पछि आउँछ । तपाईंंहरु जस्तो जे गर्नुपर्छ । तयारी हालतमा बस्नुस्,’उनले भने ।
उनले १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘१५ गते ११–२ बजेसम्म काठमाडौंमा नेकपा (एमाले)को नियन्त्रण हुनुपर्छ । कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,’ उनले भने ।





