सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै, सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने

cabinate sher

काठमाडौं । आज सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्धानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा
मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला आजको बैठक बस्न लागेको हो ।

यसअघि गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ-आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरुको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । आजको बैठकमा संसदलाई कसरी अगाडि बढाउने रणनीतिको बारेमा पनि छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ ।

समन्धित समाचार