राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ ले आफ्ना केन्द्रीय अध्यक्ष तथा राजावादी संयुक्त जनआन्दोलन परिचालन समितिका कमान्डर दुर्गा प्रसाईंको गिरफ्तारीको विरोध गरेको छ।
महाअभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईँले स्वेच्छिक रूपमा प्रहरीसमक्ष उपस्थित भएर आत्मसमर्पण गरे पनि सरकारले नियोजित रूपमा उनलाई पक्राउ गरी जनताको आवाज दबाउने प्रयास गरेको आरोप लगाएको छ।
विज्ञप्तिमा उनको गिरफ्तारी देश र जनताको हितविपरीत भएको दाबीसहित सरकारले भ्रष्टाचार, बेथिति, धर्मविरोधी गतिविधि, तस्करी र माफियाविरुद्धको अभियान रोक्न खोजेको आरोप लगाइएको छ।महाअभियानले आफ्नो माग तत्काल पूरा नगरेको खण्डमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।





