सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन अन्त्य गर्दै समापन भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा आज राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे सभामुख देवराज घिमिरेले बैठकमा जानकारी गराए । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । गत १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

साथै, प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो ।