चैत २३ गतेबाट जनयात्रामा निस्कँदै रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत २३ गतेदेखि चितवनबाट जनयात्रा सुरू गर्ने भएको छ ।

सोमबार बसेको रास्वपाको केन्द्रिय समितिको बैठकले जनयात्रा सुरू गन निर्णय गरेको हो । प्रथम परिषद्को राष्ट्रिय भेलामा घोषणा गरे अनुरूप जनताको कुरा सुन्ने यात्रा, जनयात्राको सुरू गर्न लागिएको स्रोतले जनाएको छ ।

पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।