राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
पत्रकार महासंघको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् । एभिन्युज टेलिभिजनका पत्रकार रजकको शुक्रबार राजावादीले गरेको आन्दोलनका क्रममा भिडियो खिचिरहेका उनको घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।





