दुर्गा प्रसाईं फरार, नवराज सुवेदी नजरबन्दमै

 तीनकुनेसहित विभिन्न क्षेत्रमा शुक्रबार भएका अराजक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न स्थानबाट प्रहरी टोली खटाइएको छ ।

यसअघि प्रसाईंले ‘प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउँछु’ भनेका थिए । तर, अहिले उनी फरार रहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

गृह मन्त्रालयले उनलाई शुक्रबार भएको आगजनी, लुटपाट र अराजकताको घटनामा प्रमुख दोषी मानेको छ । साथै, सरकारले उक्त घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको छ ।

यता, प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।