सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ मा बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्,’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।






