पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा गोरखनाथ मन्दिरको दर्शन

। पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला गोरखामा छन् । उनले आज गोरखनाथ मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शन गरेर बाहिरिने क्रममा ठूलो संख्यामा उपस्थित् भएकाहरुले देश बचाउनको लागि आग्रह गरेका छन् ।

कतिपयले भने ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए । पूर्वराजा शाहले गोरखामा रहेको प्रसिद्ध मनकामना मन्दिरको पनि दर्शन गर्ने कार्यतालिका छ ।

गत फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका पूर्व राजा शाह त्यसपछि विभिन्न शक्ति पीठको दर्शन गर्ने नाममा सर्वसाधारणसँग भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

यस्तै एक महिना पोखरा बसाइपछि काठमाडौं फर्किएका उहाँलाई त्रिभुवन विमानस्थलमा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।