राजसंस्था पक्षधरको जनलहरले मन्त्रीहरू नै गायब : राप्रपाकी सांसद विना लामा

काठमाडौं – राप्रपाकी सांसद विना लामाले राजसंस्थाको पक्षमा जनलहर बढ्दै जाँदा सरकारका मन्त्रीहरू नै सदनमा आउन डराएको भन्दै कटाक्ष गरेकी छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेबित्तिकै आपत्ति जनाए। उनले प्रतिनिधि सभा नियमावलीअनुसार बैठक तुरुन्त स्थगित गर्न माग गरे।

उनको सो ध्यानाकर्षणपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।