आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार सम्पन्न उम्मेदवारी दर्तामा विभिन्न क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ। प्रमुख तीन विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, र अनेरास्ववियु क्रान्तिकारीले विभिन्न क्याम्पसमा निर्विरोध अध्यक्ष जितेको दाबी गरेका छन्।
अनेरास्ववियुले जितेका प्रमुख क्याम्पसहरू:
- माडव्य क्याम्पस, पाल्पा – सौगात कोइराला
- शिक्षा क्याम्पस, बैतडी – अकबर चन्द
- संखुवासभा बहुमुखी क्याम्पस – चेतन भण्डारी
- तेज निरला क्याम्पस, मुस्ताङ – अन्जु परियार
- नवप्रभात क्याम्पस, बैतडी – सपना चन्द
- बझाङमा सेती क्याम्पस – दिपेन्द्र दौल्याल
- दार्चुलाको लटिनाथ क्याम्पस – रुकेश सिह विस्ट
- धनकुटा बहुमुखी क्याम्पस – युवा तिमिल्सिना
- गुल्मी मादिगाम आदर्श बहुमुखी क्याम्पस – उषा पाण्डे
नेविसंघले जितेका प्रमुख क्याम्पसहरू:
- पाथीभरा क्याम्पस, ताप्लेजुङ
- एकताप्पा बहुमुखी क्याम्पस, पाँचथर
- गोकुण्डेश्वर क्याम्पस, धनकुटा
- चैतन्य क्याम्पस, काभ्रे
- जलबिरे उपत्यका क्याम्पस, सिन्धुपालचोक
- त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
- चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी
- सदाशिव बहुमुखी क्याम्पस, बर्दिया
- श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर
अखिल (क्रान्तिकारी) द्वारा जितिएका प्रमुख क्याम्पसहरू:
- जुगल बहुमुखी क्याम्पस, सिन्धुपालचोक – सुस्मिता श्रेष्ठ
- सितल क्याम्पस, चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङी
- नेत्रावती सामुदायिक क्याम्पस, धादिङ – अभिषेक थपलिया
- शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङ – बम धामी
- सूर्योदय क्याम्पस, हुम्ला – रिमिलाल बुढा
- सिम्रुतु क्याम्पस, रुकुम पश्चिम – दिपेन्द्र ओली
- प्रभा क्याम्पस, काभ्रे – सुजन चौलागाईं
- सिद्ध पृथ्वी जनता क्याम्पस, दाङ – सुदीप चौधरी
- रोल्पा नमुना क्याम्पस – ओनसरी घर्तीमगर
- लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी





