नेकपा एमालेका सांसद सूर्य थापाले संसद भित्र ‘राजा’ सम्वोधन नगर्न सभामुखबाट रुलिङको माग गरेका छन्।
आज संसद् बैठकमा बोल्दै उनले यस्ताे माग गरेका हुन् । उनले राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरुलाई पटमूर्खको संज्ञा दिँदै पूर्वराजा ज्ञानेन्द्रलाई फेरि नारायणहिटी फर्किने सपना नदेख्न आग्रह गरे। केही असन्तुष्ट र भड्किएका आत्माले हुइँया मच्चाउँदैमा राजा नफर्किने उनको टिप्पणी छ। उनले भने,‘राजाको छोरा राजा हुने दिन गए, अब सम्झिने पानी छम्किने हो ।’





