काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।
उहाँले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि प्रदेशसभा बैठकमा सम्बोधन गर्नुहुने छ। प्रदेशसभा सचिवालयका अनुसार, बैठक दिउँसो २ बजे बस्नेछ, जसमा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची समावेश छ। प्रधानमन्त्रीको सचिवालयले भने उहाँको सम्बोधन दिउँसो साढे २ बजेपछि हुने जनाएको छ।
आजको बैठकमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका छन्।
त्यस्तै, प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको मन्तव्यबारे अग्रिम जानकारी माग्दै सरकारसँग छलफल हुनुपर्ने शर्त राखेका छन्। यसपछि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरी बैठकमा सहयोग गर्न आग्रह गर्नुभएको छ।




