पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थल गएर स्वागत गर्न ज्ञानेन्द्र शाही आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विमानस्थल गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन् ।

शाहीले सञ्जालमार्फत कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै प्रधानमन्त्रीलाई सो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु । कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने ? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’