सङ्घीय संसद् अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत  अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

त्यस्तै दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन)विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।