संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजे बस्नेछ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेका छन् ।





